Header Ads

कुन रुद्राछ लगाउदा के महत्तो राख्छ, जानी राख्नु


Click Here रुद्राक्ष एक फल हो । विश्वभर एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ । यो संस्कृतको रुद्र र अक्ष बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ । धार्मिक महादेवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ । रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए । यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो । रुद्राक्ष रहस्य नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ । धा‍र्मिक विश्वाश अनुसार एकमुखी रुद्राक्ष भगवान शिव, द्विमुखी श्री गौरी–शंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पंचदेव, षष्ठमुखी भगवान कार्तिकेय, सप्तमुखी प्रभु अनंत, अष्टमुखी भगवान श्री गेणश, नवममुखी भगवती देवी दुर्गा, दसमुखी श्री हरि विष्णु, तेरहमुखी श्री इंद्र तथा चौदहमुखी स्वयं हनुमानजीको रूप मानिन्छ । यस्तै शिव पुराणमा उल्लेख भएअनुसार विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ । अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ ।बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ । लालगेडी आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ । रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् । पश्चिम नेपालको कास्की, स्याङ्जा, पाल्पा गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा र धनकुटामा बढी पाइन्छ । नेपाललगायत भारत, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइएका छन् । -एकमुखी रुद्राक्षमा भगवान शिवको स्वरुप रहेको मानिन्छ । यसको धारण गर्नाले धन सम्पति प्राप्त र मोक्ष आदिको प्राप्ति हुने मानिसहरुको विश्वास रहेको छ । -दुर्इमुखी रुद्राक्षको अर्धनारीश्वर रूप मानिएको छ । शिव र पार्वतीको स्वरूप रहेको मानिने यसको धारण गरेमा मान–सम्मान एंव मोक्षका प्राप्ति र अधिकाश रोगहरुको निवारण समेत हुने विश्वास रहेको छ । -तीनमुखी रुद्राक्ष ब्रह्मा–विष्णु–महेशको स्वरूप मानिन्छ । विद्या प्राप्तको लागि यसको धारण गरेको सर्वश्रेष्ठ मानिन्छ । -चारमुखी रुद्राक्ष ब्रह्माको स्वरूप मानिएको छ । धर्म, अर्थ, काम एंव मोक्ष प्राप्ति हेतुले यसको धारण गरिन्छ । -पाँचमुखी रुद्राक्ष राम्रो स्वास्थ्य, दुख(सासथि निवारण गर्न यसको धारण गरिन्छ । -छमुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप भएको मानिन्छ । समस्त पाप मुक्तिको लागि यसको धारण गरेमा श्रेयस्कर मानिएको छ । काम, क्रोध, लोभ, मोह आदिमा नियंत्रणको लागि यो उत्तम रहेको मानिन्छ । यो रुद्राक्ष लगाउनाले आत्मशक्ति समेत बढ्ने विश्वास मानिसहरुमा छ

No comments

Powered by Blogger.